राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तीव्र

User Image Prime TV News ५ घण्टा अगाडि
Image of राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तीव्र

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद तथा छपाइसँग सम्बन्धित प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको छ।

आयोगको टोलीले उनलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट नियन्त्रणमा लिएको बताइएको छ । अनुसन्धान राहदानी आपूर्ति तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासँग सम्बन्धित रहेको बताइएको छ। यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापा लाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । 

अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिद प्रक्रियामा भएका निर्णय, ठेक्का व्यवस्थापन तथा आपूर्ति सम्बन्धी विषयहरूबारे विस्तृत अनुसन्धान भइरहेको छ। यद्यपि आयोगले हालसम्म औपचारिक रूपमा विस्तृत आरोप सार्वजनिक गरेको छैन। राहदानी विभागको आधिकारिक विवरणअनुसार अर्याल हाल विभागका महानिर्देशकका रूपमा कार्यरत थिए।