आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, केही तराई क्षेत्रमा गर्मी बढ्ने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ।
यसका कारण देशका विभिन्न क्षेत्रमा मौसममा मिश्रित अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी प्रदेश को तराई क्षेत्रमा पनि बादल लागेको अवस्था छ। मधेस प्रदेश मा भने आंशिक बदली रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। मधेस प्रदेश तथा कोशी, बागमती प्रदेश र गण्डकी प्रदेश का तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा दिनभरि तापक्रम बढ्ने र तातो महसुस हुन सक्ने सम्भावना छ।
आज राति पनि हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा बागमती र गण्डकीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम परिवर्तन भइरहेकाले बाहिर निस्कँदा स्थानीय मौसम अवस्था हेरेर योजना बनाउन र चट्याङ तथा वर्षाबाट सावधानी अपनाउन सुझाव दिइएको छ।







