नेप्से १२.२६ अंकले घट्यो, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से १२.२६ अंकले ओरालो लाग्दै २,७११.७६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
आजको कारोबारमा ३५० वटा कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ पुगेको छ। बजार समग्र रूपमा घटे पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७३ वटाको सेयर मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। क्षेत्रगत रूपमा हेर्दा बाहेक सबै उपसूचक नकारात्मक रहे। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका सूचकहरू घटेका छन्।
लगानीकर्ताहरूको बिक्री दबाब बढ्दा बजारमा गिरावट देखिए पनि केही कम्पनीहरूमा भने लगानीकर्ताको आकर्षण कायम रहेको देखिएको छ। बजारको आगामी दिशा लगानीकर्ताको मनोबल, आर्थिक गतिविधि तथा नीतिगत निर्णयहरूमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।







