जापान र नेदरल्यान्डसको खेल बराबरी, दुवै टोलीले बाँडे अंक
Prime TV News ९ घण्टा अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत जापान र नेदरल्यान्डसबीच भएको प्रतिस्पर्धात्मक खेल बराबरीमा सकिएको छ। सोमबार बिहान भएको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफ सुरु भएपछि खेल निकै रोमाञ्चक बन्यो।
खेलको ५१औँ मिनेटमा नेदरल्यान्डसका भर्जिल भान डाइकले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर जापानले छिट्टै जवाफ फर्कायो। खेलको ५७औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि ६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्डसलाई फेरि अग्रता दिलाए। खेल अन्त्यतिर पुगेको समयमा जापानले हार टार्न सफल भयो। खेलको ८९औँ मिनेटमा गोल गर्दै जापानले खेल २–२ को बराबरीमा टुङ्ग्यायो।
यस बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।







