धवलशमशेर राणा र दुर्गा प्रसाई समूहद्वारा नयाँ पार्टी घोषणा

User Image Prime TV News एक दिन अगाडि
Image of धवलशमशेर राणा र दुर्गा प्रसाई समूहद्वारा नयाँ पार्टी घोषणा

काठमाडौ । राप्रपा छाडे संगै धवलशमशेर राणा नेतृत्वको समूहले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेको छ। उक्त समूहले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई सँग मिलेर नयाँ पार्टी अघि बढाएको हो।

घोषित संरचना अनुसार धवलशमशेर राणा पार्टीको अध्यक्ष बनेका छन् भने दुर्गा प्रसाईलाई सर्वमान्य नेताका रूपमा राखिएको छ। पार्टीले पूर्ण संरचना भने आउँदो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टी गठनका लागि आन्तरिक सहमति अनुसार विभिन्न समिति पनि बनाइएको छ।

विधान, नाम र चुनाव चिन्ह तय गर्न मुकुन्दश्याम गिरी नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ। त्यस्तै, पार्टी विस्तार र अन्य असन्तुष्ट समूहलाई समेट्न राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनाइएको छ।

आयोजक पक्षका अनुसार पार्टी संगठन निर्माण, संरचना विस्तार र नयाँ समर्थक समेट्ने कामलाई प्राथमिकतामा राखिएको छ। नयाँ दलको औपचारिक नाम र चुनाव चिन्ह भने छिट्टै सार्वजनिक गरिने बताइएको छ।