कोशी प्रदेशस्तरीय भेलाका लागि शेखर र शशांक कोइराला विराटनगरमा
Prime TV News एक दिन अगाडि 
विराटनगर । कोइराला निवासमा नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराला सँगै देखिएका छन्।
उनीहरू आज हुने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन विराटनगर पुगेका हुन्। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको उक्त भेलामा कोशी प्रदेशका नेताकार्यकर्ताको सहभागिता रहनेछ।
पार्टीको बृहत्तर एकता मजबुत बनाउने उद्देश्यले यो प्रदेशस्तरीय भेला आयोजना गरिएको बताइएको छ। भेला होटल मनास्लुमा हुने भएको छ। भेलाको प्रमुख अतिथिका रूपमा नेता शेखर कोइराला रहने कार्यक्रम रहेको छ।
आयोजकहरूले यो कार्यक्रमले पार्टीभित्र समन्वय र एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।







