कांग्रेसमा नयाँ प्रस्ताव : केन्द्रीय सदस्यले पनि वडा तहबाटै जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेसमा नयाँ प्रस्ताव : केन्द्रीय सदस्यले पनि वडा तहबाटै जितेर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने

काठमाडौ । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई थप प्रतिस्पर्धात्मक र तल्लो तहसँग जोड्ने उद्देश्यसहित केन्द्रीय सदस्यहरूले पनि वडा तहबाटै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।

उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई आन्तरिक सहमतिका लागि पठाएको ७ बुँदे प्रस्तावमा यस्तो व्यवस्था समेटिएको हो।

प्रस्तावको बुँदा नम्बर ४ मा महाधिवेशनमा स्वतः सहभागी हुने पुरानो परम्परा अन्त्य गर्दै केन्द्रीय समितिमा रहेका सबै नेताले वडा तहबाट प्रतिनिधि निर्वाचित भएर अनिवार्य रूपमा आउनुपर्ने उल्लेख गरिएको छ।

यसअघि कांग्रेसमा केन्द्रीय सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाट प्रतिस्पर्धा गर्न अनिवार्य व्यवस्था थिएन, इच्छुकले प्रतिस्पर्धा गर्थे भने अरू स्वतः प्रतिनिधि बन्थे।

यद्यपि इतर समूहले प्रस्ताव स्वीकार गरिसकेको अवस्था नरहेकाले यो व्यवस्था लागू हुने वा नहुने विषय अझै निश्चित भइसकेको छैन।