बैंकिङ कसुर आरोपमा चर्चित सेफ सन्तोष साह पक्राउ
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । सेफ सन्तोष साह बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार प्राप्त उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। प्रहरी टोलीले उनलाई धनुषाको रामानन्द चोक क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार गैरीधारास्थित एक रेष्टुरेन्टसँग सम्बन्धित आर्थिक कारोबारको विषयमा विवाद देखिएको बताइएको छ। सम्बन्धित रेष्टुरेन्ट खरिदसँग जोडिएको कारोबारमा बाँकी रकम भुक्तानी नगरिएको आरोप उनीमाथि लगाइएको छ।
प्रहरीले घटनासम्बन्धी कागजात संकलन तथा थप अनुसन्धान जारी रहेको जनाएको छ। आरोप पुष्टि वा खण्डन गर्ने विषय अनुसन्धान र कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।







