सेयर बजार ४ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा बढी
Prime TV News ५ घण्टा अगाडि 
काठमाडौ । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो दिन पनि गिरावट आएको बजार आज थप ४ अंकले घट्दै २७२४.०३ विन्दुमा पुगेको हो।
आज बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९२ कम्पनीको मूल्य बढेको छ। त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स पनि ०.५३ अंकले घटेर ४६७.०९ विन्दुमा झरेको छ। १३ वटा उपसूचकमध्ये ९ वटाको सूचक घटेको छ भने ४ वटामा वृद्धि देखिएको छ। कारोबार रकम भने ४ अर्बभन्दा माथि पुगेको छ।
आज कुल ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ५४ हजार १७७ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।







