मन्त्रिपरिषद् बैठकका तीन निर्णय , रावल आयोग प्रतिवेदन कार्यान्वयनदेखि नयाँ नियुक्तिसम्म

User Image Prime TV News एक घण्टा अगाडि
Image of मन्त्रिपरिषद् बैठकका तीन निर्णय , रावल आयोग प्रतिवेदन कार्यान्वयनदेखि नयाँ नियुक्तिसम्म

काठमाडौ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा महत्वपूर्ण निर्णय गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले संविधान संशोधन कार्यदलको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ। यससँगै कार्यदललाई बाँकी काम पूरा गर्न थप समय उपलब्ध भएको छ।

त्यसैगरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को सन् २०५२ को प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ।

यसैबीच, बैठकले सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।