प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो दुई बजे बस्ने तय भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफलकासाथै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरिने बताइएको छ ।







