इलाममा बाढी–पहिरो: उद्दारमा नेपाली र भारतीय सुरक्षाकर्मी सक्रिय (फोटो फिचर)
Prime TV News एक महिना अगाडि 
इलाम । इलामका विभिन्न स्थानमा हालैको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनजीवन प्रभावित पारेको छ। प्रभावित क्षेत्रहरूमा उद्धार कार्य जारी रहेको इलाका प्रशासनले जनाएको छ।
सशस्त्र प्रहरी बल अन्तर्गत नं. १ श्रीअन्तु गण र बीओपी मानेभञ्ज्याङका सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्। साथै, नेपाल-भारत सीमा क्षेत्र नजिकका स्थानहरूमा भारतीय सशस्त्र सीमा बलले पनि उद्धारमा सहयोग गरिरहेको छ।
उद्धार टोलीहरूले पहिरोमा फसेकाहरूलाई सुरक्षित स्थानमा सार्नुका साथै घाइतेहरूको उपचारका लागि तत्काल व्यवस्था गरिरहेका छन्। इलामका प्रमुख जिल्ला अधिकारीले जनताको सुरक्षालाई प्राथमिकतामा राखेर उद्दार कार्य तीव्र पारिएको जानकारी दिएका छन्।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय स्वयंसेवकहरूको सहयोगमा उद्धार र राहत वितरण कार्य अघि बढाइएको छ।














