नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज, विशेष महाधिवेशनको तयारी मुख्य एजेन्डा

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज, विशेष महाधिवेशनको तयारी मुख्य एजेन्डा

काठमाडौ । नेकपा माओवादी केन्द्रको आज सचिवालय बैठक बस्दैछ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ वजे बस्ने बैठकमा विशेष महाधिवेशनको मिति तय गर्ने, प्रतिनिधि छनोट प्रक्रिया निर्धारण गर्ने लगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । 

गएको असोज ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गर्दै आउँदो मंसिरको अन्तिम सातामा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। उक्त निर्णयअनुसार पार्टीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिसकेको छ।

आजको बैठकमा महाधिवेशनको आयोजनात्मक तयारी, नीति र कार्यदिशा सम्बद्ध विषय, र संगठन पुनर्संरचना सम्बन्धी प्रस्तावहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। यससँगै माओवादी केन्द्रले पार्टीको नेतृत्व तहमा परिवर्तन गर्दै, अघिल्ला पूर्वपदाधिकारीहरूलाई सचिवालयमा रूपान्तरण गरिसकेको छ।