नेप्से ८.१४ अंकले घट्यो, कारोबार रकम पनि ९ प्रतिशतले कम
Prime TV News ११ घण्टा अगाडि 
काठमाडौ । नेपाली सेयर बजार परिसूचक नेप्से बिहीबार ८.१४ अंकले घटेको छ। आजको कारोबारपछि नेप्से २ हजार ७२८.०३ विन्दुमा कायम भएको छ।
आज ३५० कम्पनीको सेयर कारोबार भएकोमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज ९२ लाख ३१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९० करोड ६२ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
यो रकम अघिल्लो दिनको तुलनामा करिब ९ प्रतिशत कम हो। आज कारोबार भएका समूहमध्ये होटल तथा पर्यटन र उत्पादनमूलक तथा प्रशोधन समूहका सूचकमा मात्रै वृद्धि देखिएको छ। अन्य सबै समूहका सूचकहरू भने ओरालो लागेका छन्।
सबैभन्दा बढी गिरावट वित्त समूहमा देखिएको छ। यस समूहको सूचक १.४५ प्रतिशतले घटेको छ।







