नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामै ५ हजार १०० रुपैयाँले सस्तो

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामै ५ हजार १०० रुपैयाँले सस्तो

काठमाडौ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। बुधबार भने सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा सुनचाँदीको मूल्य परिवर्तन हुँदै आएको छ। पछिल्ला दिनहरूमा विश्व बजारको प्रवृत्तिअनुसार स्थानीय बजारमा समेत मूल्य समायोजन भइरहेको व्यवसायीहरू बताउँछन्।