अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न : विगतको बहानामा वर्तमान गल्ती किन?

User Image Prime TV News ५ घण्टा अगाडि
Image of अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न : विगतको बहानामा वर्तमान गल्ती किन?

काठमाडौ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले विगतका सरकारलाई दोष देखाएर अहिलेका त्रुटिहरू ढाक्न नहुने बताएका छन्।

बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोष लगाउने गरेको भन्दै असन्तुष्टि जनाए। कँडेलका अनुसार यदि अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा गर्नुपर्छ, तर त्यसलाई देखाएर अहिले पनि गलत काम गर्न छुट पाइँदैन।

उनले अर्थमन्त्री वाग्ले विगतमा राष्ट्रिय योजना आयोगजस्ता निकायमा काम गरिसकेको भन्दै अहिले सबै जिम्मेवारी अरूमाथि थोपर्न नहुने टिप्पणी गरे। उनले अर्थ विधेयकमा गरिएको कर दरको परिवर्तन र संशोधनबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग पनि गरे।

साथै, मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा बहुदर लागू गर्ने विषयमा पर्याप्त अध्ययन भएको हो वा होइन भन्ने प्रश्न पनि उठाए। सांसद कँडेलले सरकार सुशासन र सुधारका लागि आएको भए पनि काम गर्दा पारदर्शिता र जिम्मेवारी देखाउनुपर्ने बताए।