असार २६ मा प्रदर्शनमा आउँदै चलचित्र ‘भागदौड’

User Image Prime TV News १२ घण्टा अगाडि
Image of असार २६ मा प्रदर्शनमा आउँदै चलचित्र ‘भागदौड’

काठमाडौ । नेपाली चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

निर्माण टिमले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ। चलचित्रका लेखक तथा निर्देशक हिमाल उप्रेती हुन्।

चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन तथा सुवास तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक उप्रेतीका अनुसार चलचित्रले लोभ, लालच, जालझेल र ठगीका कारण मानव जीवनमा उत्पन्न हुने नैतिक संकटको कथा प्रस्तुत गर्नेछ। समाजमा बढ्दो स्वार्थ र अनैतिक प्रवृत्तिका कारण मानिसले भोग्नुपर्ने परिणामलाई चलचित्रमार्फत देखाउने प्रयास गरिएको उनले बताएका छन्।

सामाजिक यथार्थ र मानवीय चरित्रको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘भागदौड’ ले दर्शकलाई मनोरञ्जनसँगै सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।