प्रधानमन्त्रीको अभिव्यक्तिबारे रणनीति बनाउन विपक्षी दलहरूको बैठक जारी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरू रणनीति तय गर्न छलफलमा जुटेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार विपक्षी दलहरूको बैठक जारी रहेको छ। बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, उपनेता पद्मा अर्याल, वर्षमान पुन लगायत विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसयता लगातार संसद् अवरोध गर्दै आएका छन्। विपक्षीको माग प्रधानमन्त्रीले उक्त भनाइ सच्याउनुपर्ने तथा संसद्को अभिलेखबाट हटाउनुपर्ने रहेको छ।
सोही विषयमा साझा रणनीति तय गर्न र आगामी संसदीय कदमबारे निर्णय लिन विपक्षी दलहरूको बैठक बसेको बताइएको छ। संसद्को जारी गतिरोध अन्त्य गर्ने वा थप दबाब सिर्जना गर्ने विषयमा बैठकले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।







