सरकारले २५ अत्यावश्यक सेवामा हडताल निषेध गर्ने सूचना जारी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाइने व्यवस्था गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै सरकारले उक्त सूचना जारी गरेको हो।
सरकारी सूचनाअनुसार डाँक, तार वा टेलिफोन सेवा, जल–स्थल–हवाई यातायात, सञ्चार सेवा, छापाखाना, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल तथा औषधी सेवा, फोहोरमैला व्यवस्थापन, बैंकिङ, बीमा, विद्युत् तथा दैनिक उपभोग्य वस्तु आपूर्ति लगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका रूपमा तोकिएको छ।
त्यस्तै राहदानी सेवा, सञ्चार तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित केही अन्य महत्वपूर्ण क्षेत्रहरूमा पनि हडताल निषेध गरिएको छ। सरकारका अनुसार यी सेवामा अवरोध हुँदा जनजीवन, आपूर्ति व्यवस्था र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले हडताल निषेधको व्यवस्था लागू गरिएको हो।
यस निर्णयसँगै तोकिएका अत्यावश्यक सेवामा हडताल, अवरोध वा काम रोक्ने गतिविधि अब कानुनी रूपमा प्रतिबन्धित हुने भएको छ।







