सरकारको कामप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि, ‘यस्तो सुशासन चाहिँदैन भन्नुपर्ने अवस्था आयो’
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सुशासनको नारा दिएर सत्तामा पुगेकाहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो–‘भो, यस्तो सुशासन चाहिँदैन।’”
पोखरेलको यो टिप्पणी पछिल्लो समय सरकारप्रति एमालेले देखाउँदै आएको असन्तुष्टिको निरन्तरता रूपमा हेरिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीका अभिव्यक्ति र सरकारका विभिन्न निर्णयप्रति प्रश्न उठाउँदै आएको छ।
पछिल्ला दिनहरूमा एमालेले सरकारको कार्यशैली, सुशासनको अवस्था तथा प्रशासनिक निर्णयहरूलाई लिएर आलोचना गर्दै आएको छ।







