सुनको भाउ फेरि उकालो, तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुग्यो

User Image Prime TV News एक दिन अगाडि
Image of सुनको भाउ फेरि उकालो, तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। लगातारको उतारचढावबीच मंगलबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघले चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएर चार हजार ९२५ रुपैयाँ पुगेको जनाएको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा अन्य बहुमूल्य धातुको मूल्यमा देखिएको परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार उच्च स्तरमा कायम रहँदा उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ।

विवाह तथा चाडपर्वको मौसम नजिकिँदै गर्दा मूल्यवृद्धिले सुन खरिद गर्ने उपभोक्तामा थप आर्थिक भार पर्ने अनुमान गरिएको छ। बजारमा मूल्य बढे पनि सुनचाँदीको कारोबार भने सामान्य रूपमा भइरहेको महासंघले जनाएको छ।