बक्यौता नतिर्ने स्वास्थ्य संस्थामाथि मन्त्रालयको कडाइ
Prime TV News एक दिन अगाडि 
काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेड संख्या अनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट एक करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रियाअगाडि बढाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बताएकी छन् ।
स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै मन्त्री मेहताले कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेकी छन् ।







