इलाममा पहिरो: दुईको मृत्यु, दर्जनौँ बेपत्ता

User Image Prime TV News एक महिना अगाडि
Image of इलाममा पहिरो: दुईको मृत्यु, दर्जनौँ बेपत्ता

काठमाडौ । अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा आइतबार राति आएको भीषण पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। दर्जनौँ बेपत्ता छन् भने उद्धार कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा पहिरोले घर बगाएको प्रारम्भिक विवरण आएको छ। भीरालो भूगोलका कारण उद्धार टोलीलाई घटनास्थलमा पुग्न कठिनाइ भइरहेको प्रहरी स्रोतले जनाएको छ।

इलाम नगरपालिका६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्।

दुइ जना जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीयले जानकारी दिए। घटनास्थलमा स्थानीय, प्रहरी र उद्धार टोलीको संयुक्त प्रयासमा खोज तथा उद्धार कार्य भइरहेको छ।

माईजोगमाई गाउँपालिका६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना, सन्दकपुर गाउँपालिका३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई जना र माङ्सेबुङ क्षेत्रमा पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।