प्रधानमन्त्री बालेनको अभिव्यक्ति प्रति हर्क साम्पाङको प्रश्न, ‘प्रमाणसहित सदनमा आउनुस्’

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्री बालेनको अभिव्यक्ति प्रति हर्क साम्पाङको प्रश्न, ‘प्रमाणसहित सदनमा आउनुस्’

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। उनले नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको प्रमाण संसदमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, “प्रिय बालेन, भोलिको संसद् बैठकमा नेपालले भारतको सिमाना कहाँ–कहाँ मिचेको रहेछ ? त्यसको प्रमाण लिएर आउनुहोस्।”

प्रधानमन्त्रीले संसदमा दिएको भनिएको विवादास्पद अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। विपक्षी दलहरूले उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विरोधका कार्यक्रम अघि बढाएका छन्। यहि सन्दर्भमा साम्पाङले पनि तथ्य र प्रमाणका आधारमा आफ्नो धारणा स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।