टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्च सम्मेलनले जारी गर्‍यो नौ बुँदे सन्देशपत्र

User Image Prime TV News ३ घण्टा अगाडि
Image of टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्च सम्मेलनले जारी गर्‍यो नौ बुँदे सन्देशपत्र

टीकापुर । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन नौ बुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले संघीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन तीनै तहका व्यवस्थापिकाबीच सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।

संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहका कानुन निर्माण तथा व्यवस्थापिकीय कार्यलाई सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

सम्मेलनमा संघीय संरचनाको प्रभावकारी कार्यान्वयन, कानुन निर्माण प्रक्रियामा गुणस्तर अभिवृद्धि तथा व्यवस्थापिकाहरूबीच अनुभव आदानप्रदानलाई संस्थागत बनाउने विषयमा छलफल भएको थियो। जारी गरिएको नौ बुँदे सन्देशपत्रमा संघीय शासन प्रणालीलाई नागरिकमुखी, जवाफदेही र परिणाममुखी बनाउन आवश्यक समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

आयोजकका अनुसार सम्मेलनले तीनै तहका व्यवस्थापिकाबीच साझा समझदारी विकास गर्दै संघीय शासन प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउने दिशामा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।