कोरोला नाकाबाट भित्रिएका ७ सयभन्दा बढी ईभी गाडी प्रकरणमा ९ कर्मचारी तानिए

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कोरोला नाकाबाट भित्रिएका ७ सयभन्दा बढी ईभी गाडी प्रकरणमा ९ कर्मचारी तानिए

काठमाडौ । मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीको विषयमा छानबिन सुरु भएपछि केही भन्सार कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ।

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलीको आशंकामा ती गाडी नियन्त्रणमा लिएपछि सरकारले अनुसन्धान अघि बढाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेर भन्सार विभाग तानिएको छ।

भन्सार बिन्दुमै नआएका सवारी साधनको समेत जाँचपास भएको आशंकापछि अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। सोही समितिको सिफारिसपछि कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु गरिएको जनाइएको छ।

सरकारले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका गाडीको विषयमा पनि छुट्टै अनुसन्धान अघि बढाएको छ। अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमै खटिएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा भन्सार छलीको आशंका देखिएकाले नियन्त्रणमा लिइएका गाडी र आयातकर्ता कम्पनीमाथि विस्तृत छानबिन भइरहेको सरकारी स्रोतले जनाएको छ।