उबरले नेपालमा सेवा सुरु गर्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । विश्वप्रसिद्ध राइड–हेलिङ कम्पनी उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। यससँगै नेपाल उबरको एसिया–प्रशान्त क्षेत्रको ११औँ बजार बनेको छ। दक्षिण एसियामा पछिल्लो दशकयता कम्पनी प्रवेश गरेको यो पहिलो नयाँ बजार पनि हो।
उबरका अनुसार नेपालमा सुरुवाती चरणमा चारपाङ्ग्रे सवारीका लागि ‘Uber Go’ र ‘Uber Comfort’ तथा दुईपाङ्ग्रे सवारीका लागि ‘Uber Bike’ सेवा उपलब्ध हुनेछ। कम्पनीले नेपाललाई डिजिटल सेवा विस्तार भइरहेको र पर्यटनको सम्भावना बढ्दै गएको देशका रूपमा लिएको जनाएको छ।
सरकारी अधिकारीहरूले पनि उबरको आगमनले पर्यटन र यातायात क्षेत्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले नेपालमा बढ्दो स्मार्टफोन प्रयोग र सहरमा यातायातको मागलाई ध्यानमा राखेर सेवा सुरु गरेको जनाएको छ।







