सर्वोच्चको आदेशपछि नेपाल वायुसेवा निगमको छनोट प्रक्रिया रोकियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठन गरिएको छनोट समितिलाई काम रोक्न अन्तरिम आदेश दिएको हो। यो निर्णय उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि आएको हो। उनले आफू छनोट सूचीमा परे पनि अन्याय भएको भन्दै अदालत पुगेका थिए।
सरकारले प्रतिस्पर्धाबाट निगमको अध्यक्ष र सदस्यहरू छनोट गर्ने तयारी गरेको थियो। तर अदालतको आदेशपछि प्रक्रिया तत्कालका लागि रोकिएको छ।







