मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, सामान्य चोटपटक

User Image Prime TV News ३ घण्टा अगाडि
Image of मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, सामान्य चोटपटक

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलका जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।

जानकारी अनुसार साम्पाङले मोटरसाइकल चलाउँदै गर्दा एक हातले भिडियो खिचिरहेका थिए। सोही क्रममा सन्तुलन गुमाएर मोटरसाइकल लडेको बताइएको छ। दुर्घटनामा उनको हातमा चोट लागेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनको हातको छाला ताछिएको र सुरुवाल च्यातिएको देखिएको छ।

दुर्घटनापछि साम्पाङले सामाजिक सञ्जालमा आफूलाई सामान्य चोट लागेको उल्लेख गर्दै चिन्ता नगर्न आग्रह गरेका छन्। उनले देशलाई कुनै हानि नगरेको भन्दै हल्का चोटपटक लागेको मात्र बताएका छन्। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पनि साम्पाङको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा सामान्य चोटपटक लागे पनि साम्पाङको स्वास्थ्य सुधारोन्मुख छ र उनी नियमित गतिविधिमा सक्रिय छन्।