डा. भोजराज अधिकारीले राजनीतिबाट अलग हुने घोषणा

User Image Prime TV News ३ घण्टा अगाडि
Image of डा. भोजराज अधिकारीले राजनीतिबाट अलग हुने घोषणा

काठमाडौ । नेकपमा सक्रिय चितवनका डा. भोजराज अधिकारीले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।

२०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार बनेका अधिकारीले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। उनले अब राजनीतिक गतिविधिभन्दा पेशागत काम र समाजसेवामा बढी समय दिने बताएका छन्।

आफ्नो अनुभव र क्षमतालाई समाजसेवामा प्रयोग गर्ने उद्देश्यले राजनीति छोड्ने निर्णय गरेको उनको भनाइ छ। डा. अधिकारीले राजनीतिक यात्रामा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्दै आफूले प्राप्त ज्ञान र अनुभवलाई सम्मान गर्ने बताएका छन्।

उनले अबको समय विचारधाराको बहसभन्दा विकास र परिणाममुखी कामको प्रतिस्पर्धाको भएको उल्लेख गरेका छन्। आगामी दिनमा पनि पेशागत क्षेत्र र समाजसेवामार्फत देश र समाजका लागि योगदान दिने उनले बताएका छन्।