रोल्पामा जिप दुर्घटना, तीन जनाको ज्यान गयो
Prime TV News ९ घण्टा अगाडि 
रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आज बिहान भएको दुर्घटनामा अस्थायी नम्बर प्लेट MH14TCJ 471 रहेको बोलेरो जिप सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेको थियो। दुर्घटनास्थलबाट दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
जिपमा जस्तापाता र प्लास्टिकका पाइप लोड गरिएको थियो। दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान र दुर्घटनाको थप विवरण आउन बाँकी छ।







