रवि फर्किएपछि भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

User Image Prime TV News १३ घण्टा अगाडि
Image of रवि फर्किएपछि भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौ । शिशिर खनाल शनिबार भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण सकिएपछि खनाल भारत जान लागेका हुन् ।

भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुन लागेको भ्रमणमा नेपाल–भारत विकास सहकार्य र द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाका सांसद दीपक बोहराका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । यद्यपि भ्रमणको औपचारिक मिति भने सार्वजनिक गरिएको छैन ।

हाल भारत भ्रमणमा रहेका रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।

भेटका क्रममा भारतले नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको सन्देश दिएको बताइएको छ । सोही विषयलाई अघि बढाउन परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुन लागेको स्रोतको भनाइ छ ।

भ्रमणका क्रममा खनालले भारतका वाणिज्यमन्त्री पीयूष गोयल लगायत उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।