मोदीसँगको भेटपछि रविले भने: विकास कूटनीतिको नयाँ युग आवश्यक

User Image Prime TV News एक दिन अगाडि
Image of मोदीसँगको भेटपछि रविले भने: विकास कूटनीतिको नयाँ युग आवश्यक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नेपाल–भारत सम्बन्ध विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार नयाँ दिल्लीमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो र फलदायी संवाद भएको बताएका हुन्। उनले नेपाल र भारतले विगतका सीमिततालाई पार गर्दै विकास, सहकार्य र आपसी विश्वासमा आधारित सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।

साथै साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र सहज सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर दुई देशबीचको सहकार्य बढाउन सकिने उल्लेख गरेका छन्। यसअघि प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको महत्वपूर्ण साझेदार रहेको बताएका थिए।

उनले दुई देशबीचको विशेष सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको उल्लेख गरेका छन्।