प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेस सांसद थापाको प्रश्न

User Image Prime TV News एक दिन अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेस सांसद थापाको प्रश्न

काठमाडौ । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइ गम्भीर र गैरजिम्मेवार रहेको बताएका हुन्। उनले यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा असर पर्न सक्ने बताए।

सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने प्रमाण भए संसद् र जनतासामु प्रस्तुत गर्न आग्रह गरे। प्रमाण नभए राष्ट्रसँग माफी माग्नुपर्ने उनको भनाइ थियो। उनले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय दुई देशबीचको संवाद र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्ने बताए। यस्ता विषयमा तेस्रो मुलुकको भूमिका जोड्न नहुने उनको तर्क छ।

थापाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले पनि थप अन्योल सिर्जना गरेको बताए। उनले ‘क्रस होल्डिङ’लाई भूमि अतिक्रमणको रूपमा व्याख्या गर्न नमिल्ने स्पष्ट पारे। सांसद थापाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण संसद् अवरुद्ध भएको उल्लेख गर्दै समस्या समाधानका लागि जिम्मेवार भूमिका खेल्न सरकारलाई आग्रह गरेका छन्।