नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण दिने

User Image Prime TV News एक दिन अगाडि
Image of नागढुंगा सुरुङमार्गका लागि जापानले थप ऋण दिने

काठमाडौ । नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गर्न जापान सरकारले नेपाललाई थप ऋण सहायता दिने भएको छ।

जापानले करिब ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ५ अर्ब ७० करोड जापानी येन थप ऋण दिने निर्णय गरेको हो। यससम्बन्धी सम्झौतामा बुधबार अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका छन्।

यससँगै नागढुंगा सुरुङमार्गका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ। यसअघि सन् २०१६ मा पहिलो चरणमा ऋण सहायता उपलब्ध गराइएको थियो। निर्माण सामग्रीको मूल्यवृद्धि, प्राविधिक समस्या र ढिलाइका कारण आयोजनाको लागत बढेपछि थप रकम आवश्यक परेको हो।

सोही कारण जापानले थप सहयोग उपलब्ध गराएको बताइएको छ। सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।