सदस्यता विस्तार अभियानमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय कार्यशाला

User Image Prime TV News एक दिन अगाडि
Image of सदस्यता विस्तार अभियानमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय कार्यशाला

काठमाडौ । नेकपा एमालेले आजदेखि ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला सुरु गर्दैछ ।

काठमाडौको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशाला बिहान ११ बजे सुरु हुने कार्यक्रम छ । कार्यशालाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यशालामा प्रदेश र जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका प्रतिनिधिको सहभागिता रहनेछ ।

कार्यशालामा पार्टी सदस्यता विस्तार, सदस्यता नवीकरण प्रक्रिया, संगठन सुदृढीकरण तथा भावी रणनीतिबारे छलफल गरिने जनाइएको छ । एमालेले यस कार्यक्रमलाई संगठन मजबुत बनाउने अभियानको महत्वपूर्ण भागका रूपमा लिएको छ ।

कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी संगठनको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै सदस्यता नवीकरणको प्राविधिक पक्षबारे केन्द्रीय सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।