प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले गरे प्रतिनिधि सभा अवरुद्ध

User Image Prime TV News २ दिन अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले गरे प्रतिनिधि सभा अवरुद्ध

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज पनि विपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि काम रोकिएको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्।

उनीहरूले उक्त अभिव्यक्तिलाई विवादास्पद भन्दै प्रधानमन्त्रीले सच्याउनुपर्ने अडान लिएका छन्। माग पूरा नभएसम्म संसद् चल्न नदिने उनीहरूको भनाइ छ। विरोधका कारण आजको बैठकमा कुनै पनि कार्यसूची अघि बढ्न सकेन। दलहरूबीच समस्या समाधानका लागि छलफल जारी रहेको बताइएको छ।