हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्ने सुदन किरातीको सुझाव
Prime TV News २ दिन अगाडि 
उदयपुर । श्रम संस्कृति पार्टीका नेता सुदन गुरुङले देशलाई सही दिशामा अघि बढाउन हर्क साम्पाङ जस्ता नेताको नेतृत्व आवश्यक रहेको बताएका छन्।
गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालकै माटोबाट उदाएका र जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई अवसर दिनुपर्ने बताए। उनका अनुसार हर्क साम्पाङजस्ता नेताले देशको विकास र परिवर्तनलाई गति दिन सक्छन्।
किरातीले हालको राजनीतिक नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले जनताले नयाँ नेतृत्वबाट धेरै अपेक्षा गरे पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको बताए। देश चलाउन व्यक्तिको उमेर वा लोकप्रियता मात्र पर्याप्त नहुने भन्दै उनले स्पष्ट सोच, योजना र कार्यक्षमता आवश्यक पर्ने धारणा राखे।







