संविधान संशोधनका लागि ४४ हजार ६ सय १३ वटा नागरिकको सुझाव

User Image Prime TV News एक महिना अगाडि
Image of संविधान संशोधनका लागि  ४४ हजार ६ सय १३ वटा नागरिकको सुझाव

काठमाडौ । संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६ सय १३ वटा सुझाव प्राप्त भएका छन्।

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकसँग सुझाव माग गरेपछि इमेल र ह्वाट्सएपमार्फत ठूलो संख्यामा सुझाव प्राप्त भएको हो। कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीका अनुसार १९ हजार २ सय ३९ सुझाव इमेलबाट र २५ हजार ३ सय ७४ सुझाव ह्वाट्सएपबाट आएका छन्।

नागरिकहरूले कार्यकारी राष्ट्रपति, सङ्घीय प्रणालीको समीक्षा, निर्वाचन प्रणाली सुधार, न्यायपालिका सुधार तथा जनप्रतिनिधिको योग्यताजस्ता विषयमा सुझाव दिएका छन्। कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गरिरहेको छ। ती सुझावका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पारिने जनाइएको छ।