सुन र चाँदीको मूल्यमा वृद्धि
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँ बढी हो। सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। यो सोमबारको तुलनामा ५० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।







