मन्त्रिपरिषद् बैठक आज बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्रीले आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।बैठकमा सरकारका विभिन्न समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यद्यपि बैठकका एजेन्डाबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।







