पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

User Image Prime TV News २ दिन अगाडि
Image of पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखा का अनुसार यसका कारण देशका धेरै पहाडी क्षेत्रमा बादल लाग्ने र केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो हिमाली र पहाडी भूभागका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई ठाउँमा पनि पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने गर्मी बढ्ने सम्भावना रहेको छ । तातो हावा र चर्को घामका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

आज राति देशका अधिकांश तराई क्षेत्रमा मौसम सफा रहनेछ । पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।