लगातार वर्षाले जनजीवन प्रभावित, सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अविरल वर्षाका कारण उत्पन्न भएको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार देशभरका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्षाका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध हुनुका साथै जनजीवन कठिन बनेको भन्दै तत्कालका लागि दुई दिन सरकारी सेवा स्थगित गरिएको जानकारी दिए।
यद्यपि सरकारको पूर्वनिर्धारित कार्यतालिका अनुसार कार्यालयहरू भोलिबाट पुनः खुल्ने तयारीमा थिए।













