पाँचदिने भ्रमणका लागि रवि लामिछाने भारत प्रस्थान
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।
उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएको बताइएको छ। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्।
त्यसैगरी उनले भारतमा रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सहभागी छन्।
रास्वपाले यो भ्रमणलाई अन्तर्राष्ट्रिय सम्पर्क विस्तार र आपसी सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ।







