देशभर भारी वर्षाको सम्भावना : सरकारले सबै कार्यालय प्रमुखलाई कार्यस्थलमै रहन निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशका विभिन्न स्थानहरूमा आगामी दिनहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सजगता अपनाउन र आपतकालीन तयारीमा जुट्न सबै मन्त्रालय अन्तर्गतका जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थलमै उपस्थित रहन निर्देशन दिएको छ।
सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सम्भावित वर्षाले जनधनको क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सक्रिय पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय बनाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएको हो।
साथै, मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित रही सुरक्षा, उद्धार तथा समन्वय कार्यमा तयारी अवस्थामा रहनु भन्ने स्पष्ट निर्देशन दिएको छ।
सरकारले यसरी वर्षा, बाढी तथा पहिरोका सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सम्बन्धित सबै सरकारी संयन्त्रहरूलाई तत्पर रहनु अत्यावश्यक भएको उल्लेख गरेको छ। साथै, आम जनतालाई पनि मौसम विभागका सूचना तथा सरकारी निर्देशनको पालना गर्न आग्रह गरिएको छ।













