प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल सुरु हुने भएको छ।
सङ्घीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सोह्रौँ बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार बैठकमा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्। संसद सचिवालयका अनुसार आजको बैठकबाट बजेटमाथिको औपचारिक छलफल सुरु हुन लागेको हो।







