रोयल च्यालेञ्जर्स बेङ्गलोरले जित्यो आईपीएलको उपाधि

User Image Prime TV News ३ दिन अगाडि
Image of रोयल च्यालेञ्जर्स बेङ्गलोरले जित्यो आईपीएलको उपाधि

काठमाडौ । रोयल च्यालेञ्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलोरले लगातार दोस्रोपटक उपाधि जितेको हो ।फाइनल खेलमा गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

यस वर्षको सम्पन्न आईपीएलमा राजस्थान रोयल्सका उदीयमान खेलाडी वैभव सूर्यवंशी सर्वाधिक रनकर्ता भने उनले ७७६ रन प्रहार गरे । त्यस्तै, गुजरातका कागिसो रबडा सबैभन्दा धेरै (२९) विकेट लिने खेलाडी बने ।