पाँचदिने भारत भ्रमणमा आज जाँदै रवि लामिछाने

User Image Prime TV News एक महिना अगाडि
Image of पाँचदिने भारत भ्रमणमा आज जाँदै रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्। उनी पाँच दिन भारतमा रहनेछन् ।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन्।

भ्रमणमा उनकी पत्नी निकिता पनि सहभागी हुनेछन्। साथै प्रतिनिधिसभा सदस्य विपिन आचार्य, दीपक बोहरा र प्रदीप आचार्य पनि टोलीमा रहनेछन्।

रास्वपाका अनुसार लामिछाने शुक्रबार नेपाल फर्किने कार्यक्रम छ।