प्रधानमन्त्रीको भनाइप्रति भीम रावलको प्रतिक्रियाः प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार छैन

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्रीको भनाइप्रति भीम रावलको प्रतिक्रियाः  प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार छैन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै रावलले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। उनले प्रधानमन्त्रीले आफ्नो भनाइ प्रमाणित गर्नुपर्ने माग गरेका छन्। साथै, यस्तो विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

‘प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नु भएछ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू–भाग मिचेको छ भन्ने भुट्टा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’

रावलले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सांसदहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस र प्रतिक्रिया आउने क्रम जारी छ।