प्रतिनिधिसभा बैठकमा सांसद आशिका तामाङ आक्रोशित, बाहिर लगियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आक्रोशित भएपछि उनलाई आफ्नै पार्टीका सांसदहरूले बैठक कक्ष बाहिर लगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी सांसदहरूले नियमापत्तिको विषय उठाइरहेका बेला तामाङ आक्रोशित बनेकी थिइन्। त्यस क्रममा उनी आफ्नो सिटबाट उठेर अगाडि बढेकी थिइन्। त्यसपछि रास्वपाका सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए।
सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठले उनलाई रोक्ने प्रयास गरेका थिए। तर अवस्था नियन्त्रणमा नआएपछि रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लगेका हुन्।







